आजदेखि रग्बी लिग सुरु, ४ टीमले सहभागिता जनाउने – Nepal Press

आजदेखि रग्बी लिग सुरु, ४ टीमले सहभागिता जनाउने

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्बी लिग आजबाट सुरु हुदैँछ ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछन् ।

जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्दैछन ।

उक्त खेलमा ४ जना विदेशी खेलाडीले पनि सहभागिता जनाउने छन् । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङ्गल्यान्ड र फीजीका १–१ विदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।

२९ माघमा,  ३ फागुन ३ गत र ६ फागुनमा समान २–२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर