‘ह्यारीकी प्यारी’ले दोस्रो शनिवारपनि दर्शकको साथ पायो – Nepal Press

‘ह्यारीकी प्यारी’ले दोस्रो शनिवारपनि दर्शकको साथ पायो

काठमाडौं । गत शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘ह्यारीकी प्यारी’ले दोस्रो शनिवार पनि दर्शक साथ पाएको छ ।

शनिवार राजधानीका लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका स्टेसनमा सिनेमाले हाउसफुलको व्यापार गर्‍यो ।

अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जितु नेपालले जानकारी दिए ।

शनिवार जितुसहित साम्राज्ञी, विजय बराल र निर्देशक कपिल रिजालको टिमले लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रिया पनि लिएका छन् ।

दोस्रो शुक्रवारसम्म सिनेमाले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी बताएको छ । आज शनिवारको व्यापारिक रिपोर्टसंगै सिनेमाले करोडको आँकडा छुने अनुमान गरिएको छ ।

फरक पृष्ठभूमिका दुई व्यक्तिबीचको सम्झौताको विवाहले जीवनमा आउने परिवर्तनको कथा भन्ने सिनेमाको कथावस्तुको दर्शकले तारिफ गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर