देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी छैन : पूर्व प्रधानमन्त्री खनाल (भिडिओ) – Nepal Press

देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी छैन : पूर्व प्रधानमन्त्री खनाल (भिडिओ)

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसन खोरहरू, भ्रष्टाचारी, मुनाफाखोरी र विदेशीहरूका दलालहरू रहेको बताए ।

उनले यस्ता व्यक्ति नेपालीहरूका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए । उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरू छन्, शोषकहरू छन्, कमिसन खोरहरू छन्, भ्रष्टाचारीहरू छन्, मुनाफा खोरीहरू छन् । विदेशीहरूका दलालहरू छन् । यी हाम्रा शत्रुहरू हुन् । यिनीहरूले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा हामी संस्कृतिकर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ ।’

पूर्व प्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर