चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू) – Nepal Press

चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि हातपात भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘अति भीभीआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन’, ‘बर्दी लगाएका गुण्डा मुर्दावाद, स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर’, ‘समानताको लागि गणतन्त्र आएको हो, महारानी बन्नका लागि होइन’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट उनी घाइते भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *