राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु- माधव नेपाल (भिडिओ) – Nepal Press

राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु- माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति चुनावमा धेरैले नसोचेको परिणाम आउने संकेत गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए ।

नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यहि ढंगले अघि बढेको छ,मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौं । हामी पनि छौं है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौं ।’

नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले शर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु- माधव नेपाल (भिडिओ)

  1. अबसरवादी माकुने।आफुले गरेका कर्तुत कहाँ गए? ललिता निवास काण्डमा जेल जाकिनु पर्ने मान्छे लाज पचाएर खुलेआम हिडिरा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर