माधव नेपालको दावी- सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो शुरुआतमात्र हो (भिडिओ) – Nepal Press

माधव नेपालको दावी- सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो शुरुआतमात्र हो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका छन् ।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए ।

नेपालले भने–सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् । यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो ।

नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए । तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको नेपालले बताए ।राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।

अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग् कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए । नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपाले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।

प्रतिक्रिया

2 thoughts on “माधव नेपालको दावी- सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो शुरुआतमात्र हो (भिडिओ)

  1. हेर यसको वुद्वि ? यस्ता फिस्टाले एमालेलाई पतन गराउने ? यसको दिमाग बाँकी छैन कि क्या हो ? आफू सकिएको थाहा छैन । एमालेलाई हराउने ? भारतको दलाली गरेर भारतको पैसा खाएका काँग्रेसले भोट दिएर २-४ सिट जिते पनि ३ लाख पनि भोट ल्याउन नसक्नेले अरूलाई भज्न लाज छैन तलाई ?

  2. यस्तो भन्ने र अस्थिरतालाई मलजल गर्ने नेता माकुने कुनै बेला एमालेका शक्तिशाली महसचिब थिए। यिनमा राष्ट्र प्रेम कत्ति पनि देखिएन।३० ठाउँमा एमालेलाई हराइयो भन्ने जस्ता नीच अभिव्यक्ती दिने माकुनेका यस्ता कुरालाई नेपाल प्रेसलाई पनि के भन्नू? माकुने पतित व्यक्ती हुन् । यिनको ध्याउन्न काङ्ग्रेसको बुइ चढेर एमाले बिरुद्ध बीस बमन मात्र गर्नु हो। हुन त यिनी सित अरु के नै पो छ र जनतालाई खुराक दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर