त्रिभुवन विमानस्थलका जीएमको थाइ स्माइलसँग घुसको सौदाबाजी (अडिओ) – Nepal Press

त्रिभुवन विमानस्थलका जीएमको थाइ स्माइलसँग घुसको सौदाबाजी (अडिओ)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्ससँग घुस मागेको प्रमाण भेटिएको छ । हाल बन्द रहेको थाइ एयरवेजले पाएको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेजका एक अधिकारीसँग ‘अन्डरटेबल’ रकम मागेका हुन् ।

नेपाल प्रेसलाई प्राप्त भएको अडिओमा ठाकुरले एयरवेजका अधिकारीसँग गरेको कुराकानी सुनिएको छ । उक्त कुराकानीका दौरान एयरवेजका अधिकारीले रकमको विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको, तर इन्भोइस (रसिद) विना दिन नमिल्ने जवाफ आएको बताउँछन् ।

सुन्नुहोस् अडिओ :

त्यसपछि ठाकुरले यसको सबै जिम्मा आफूले एक व्यवसायीलाई दिएको उल्लेख गर्छन् । महाप्रबन्धक ठाकुरले घुसको रकम पनि उसैले बताउने उल्लेख गरेका छन् ।

‘उसले नै सबै मिलाउँछ, इन्भाइसका लागि पनि उसलाई नै भन्नुस्,’ उनले भनेका छन् ।

ठाकुरले थाइ एयरवेजको वेलफेयर फन्ड (कल्याणकारी कोष) बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोससँग कुरा गर्नसमेत सुझाव पनि दिन्छन् । तर, एयरवेजका अधिकारीले इन्भोइसबिना रकम निकासा गर्न गाह्रो हुने गुनासो गर्छन् ।

यसैबीच ठाकुरलाई नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँतीले निलम्बन गरिसकेको छन् । मन्त्रीसमक्ष पनि सो अडिओ पुगिसकेको छ ।


प्रतिक्रिया

One thought on “त्रिभुवन विमानस्थलका जीएमको थाइ स्माइलसँग घुसको सौदाबाजी (अडिओ)

  1. थुक्क डाँका ! देशकै बेईज्जत गरिस् । यसको सर्वस्व हरण गरेर आजिवन जेलमा हालिदे । अन्य संलग्नलाई पनि छानिछानि कारवाही गर । हेरौं मन्त्री राईले गरेको जनयुद्व, अरू गफ, जनताको मतको कदर कसरी हुँदोरहेछ यो केसमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *