सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट बाहिरिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

पुस २७ गते मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए । सत्ता गठबन्धन भित्र रहेका माओवादी , एमाले नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री निर्वाचित भएका रावलले अन्तिममा नागरिक उन्मुक्तिकै सांसदको साथ पाएनन् ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतले कांग्रेस प्रदेश संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले हिजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

आज नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लिने छन् । आजै शपथ ग्रहणको तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ । तर, समय भने निर्धारण गरिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर