भर्चुअल बैठकमा प्रचण्डको ब्रिफिङ- पार्टीको कार्यकर्ता राष्ट्रपति बन्नबाट रोक्न सहमति खोज्नुपर्छ – Nepal Press

भर्चुअल बैठकमा प्रचण्डको ब्रिफिङ- पार्टीको कार्यकर्ता राष्ट्रपति बन्नबाट रोक्न सहमति खोज्नुपर्छ

काठमाडौं । नेकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकर्ता राष्ट्रपति हुनबाट रोक्न लागिपरेको बताएका छन् ।

भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिमा दलहरूबीच सहमति जुटाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘मैले विश्वासको मत लिँदा सिंगो संसद मेरो पक्षमा उभियो । त्यसले परिस्थिति फेरिएको छ । त्यसैले राष्ट्रपतिमा सहमति होस् भन्ने पक्षमा छु । सभामुखमा पनि पहल गर्न खोज्दा सफल भएन ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै पार्टीको कार्यकर्ता राष्ट्रपति बन्दा संविधान, गणतन्त्र र अहिलेसम्मको उपलब्धि रक्षामा चुनौती बनेको बताए ।

अहिले पनि माओवादीले लडेर ल्याएको उपलब्धिको विरूद्वका शक्तिहरू सक्रिय रहेको उनको भनाइ छ ।

उपलब्धि रक्षाका लागि पूर्वमाओवादी घटक एक हुन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसको पहल भइरहेको बताए ।

संसदको पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् ।

तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ । पुस १० को सहमतिमा राष्ट्रपति एमालेको भागमा परेको थियो ।


प्रतिक्रिया

2 thoughts on “भर्चुअल बैठकमा प्रचण्डको ब्रिफिङ- पार्टीको कार्यकर्ता राष्ट्रपति बन्नबाट रोक्न सहमति खोज्नुपर्छ

  1. भारतको दलाली गर्न र नेपालमा भारतको नियन्त्रित अशान्ति मच्चाउने मिशनमा दलालीको काम गर्न खोलिएको पार्टीले केको उपलव्धीको कुरा गर्नु ?

  2. बरु ५ बर्ष काङ्ग्रेस नै ठिक छ राष्ट्रपति र प्रधानमन्त्री मा ,यो प्रचण्ड जस्तो घटिया लाइ एमाले ले तत्काल समर्थन फिर्ता गरेर प्रधानमन्त्री बाट हटाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर