त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज नर्सिङ क्याम्पसका अनेरास्ववियु आबद्ध विद्यार्थीको रक्तदान कार्यक्रम – Nepal Press

त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज नर्सिङ क्याम्पसका अनेरास्ववियु आबद्ध विद्यार्थीको रक्तदान कार्यक्रम

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पसमा अध्ययनरत एमालेनिकट अनेरास्ववियुका छात्राहरुले रगतको अभाव भइरहेको भन्दै संस्थागत रक्तदान गरेका छन् ।

अनेरास्ववियु महाराजगन्ज नर्सिङ क्याम्पस कमिटीले त्रिवि शिक्षण अस्पतालमा आयोजना गरेको रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए । रक्तदातामध्ये अधिकांश आइओएममा अध्ययनर छात्रछात्रा छन् ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालको प्रमुख आतिथ्यमा भएको रक्तदानमा धेरैले रक्तदानको लागि इच्छा व्यक्त गरेपनि कतिपयको मापदण्ड नपुगेकाले फर्काएको क्याम्पस कमिटी अध्यक्ष पुष्पा अर्यालले बताइन् ।

कार्यक्रम संयोजक मन्जुसा न्यौपाने र आर्जु घिमिरेले रक्तदानमा विशेष सहयोग गर्ने त्रिवि शिक्षण अस्पताल रक्तसञ्चार केन्द्र तथा स्वयंसेवकका रूपमा खटिएका महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको पूर्वसन्ध्यामा अनेरास्ववियुले रक्तदानमार्फत आफ्नो उपस्थिति बढाएको अध्यक्ष अर्यालले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *