फेरि सर्यो सुदूरपश्चिम सभा बैठक

२०७९ माघ २६ गते १३:१६

फाइल तस्बिर ।
काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनको लागि बोलाइएको प्रदेशसभाको बैठक सारिएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठक ३ घण्टाका लागि सारिएको हो । विशेष कारणवश अपरान्ह ४ बजे बस्ने गरी बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि बैठक हिजोदेखि पटक-पटक सारिएको हो । हिजैको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो ।
मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ । सरकारलाई विश्वासको मत नदिने अडामा रहेका नागरिक उन्मुक्तिका ७ सांसद अहिले पनि काठमाडौंमै छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर