सुदूरपश्चिम सरकारले आजै विश्वासको मत पाउने एमाले प्रदेश अध्यक्ष भण्डारीको दाबी – Nepal Press

सुदूरपश्चिम सरकारले आजै विश्वासको मत पाउने एमाले प्रदेश अध्यक्ष भण्डारीको दाबी

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम सरकारले आजै विश्वासको मत पाउने दाबी गरेका छन् ।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार नागरिक उन्मुक्तिका माग सम्बोधन गर्न तत्पर रहेको भन्दै विश्वासको मत पाउने बताए ।

आज सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन हो । अघिल्लो महिनाको २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले आज १ बजे विश्वासको मत दिने गरी संसद् बोलाइएको छ ।

तर, नागरिक उन्मुक्तिका सांसद भने अझै कैलाली पुगेका छैनन् । यस विषयमा प्रदेश अध्यक्ष भण्डारीले काठमाडौं-धनगढीको हवाई यात्रा १ घण्टाको रहेको भन्दै आजै सरकारले विश्वासको मत पाउने बताए ।

‘आजै सरकारले विश्वासको मत पाउँछ’ अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा दाबी गरे ।

सांसद त सबै काठमाडौंमै छन् नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘यहाँको हवाई यात्रा १ घण्टासम्म छ । उहाँहरू तोकिएकै समयमा पुग्नुहुन्छ र विश्वासको मत दिनुहुन्छ ।’

मन्त्री भण्डारीले सरकार अहिले जनताको अपेक्षा पूरा गर्ने योजनाका साथ अघि बढिरहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर