माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट – Nepal Press

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको सर्वसाधारणमा निष्कासित प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिहीबार कमलादीमा अन्तिम बाँडफाँटको लागि कुल १२ लाख ७८ हजार ६ सय ८८ जना आवेदकमा १ करोड ४१ लाख १७ हजार ३ सय ९० कित्ता सेयर प्राप्त भएको थियो ।

मागभन्दा अधिक शेयरको आवेदन प्राप्त भएकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको जनाइएको छ ।

जसमा रितपूर्वक प्राप्त भएका आवेदक मध्ये जम्मा १ लाख ९९ हजार २ सय जना आवेदकलाई १० कित्ताको दरले १९ लाख ९२ हजार कित्ता शेयर बाँडफाँट गरिएको प्रभु क्यापिटलले जनाएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ ।

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको माया खोला जलविद्युत आयोजनाको १४.९ मे.गा. क्षमताको विद्युत् उत्पादनको आन्तरिक परीक्षण सम्पन्न भैसकेको र नेपाल विद्युत् प्राधिकरणबाट परीक्षण भइरहेको र आगामी १५ दिन पश्चात् व्यापारिक उत्पादन कार्य शुरु गरिने कम्पनीका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर