सुदूरका ७ सांसदको फोटो राख्दै रञ्जिताको अडान- हार्नेहरूले हो आत्मसमर्पण गर्ने, कसैले हल्लाउन सक्दैन – Nepal Press

सुदूरका ७ सांसदको फोटो राख्दै रञ्जिताको अडान- हार्नेहरूले हो आत्मसमर्पण गर्ने, कसैले हल्लाउन सक्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् ।

सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ ।

आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए सरकार ढल्छ । उनलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधाबार साँझ वार्ता गरेको थिए । तर, सफल भएन ।
तर, उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेशबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’

विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि मानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् ।

‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दर्‍हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर