एपीएफमा रिक्त डीआईजीका लागि एउटै ब्याचका चारजना बढुवा सिफारिस – Nepal Press

एपीएफमा रिक्त डीआईजीका लागि एउटै ब्याचका चारजना बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त चार नायव महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस निकालेको छ ।

एकै मितिमा भर्ना भएका चार एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसको सूचीमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा क्रमश: पहिलोदेखि चौथो स्थानमा छन् ।

उनीहरू सबै २०५९ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरू पहिलो ब्याचका इन्सपेक्टर हुन् । एपीएफमा हाल रहेका डीआईजीका १६ दरबन्दीमा आईजीपी राजु अर्यालयका भर्ना ब्याची तीनजना छन् ।

बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र उजुरी दिन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर