चार्ली हेब्दो कार्टुनले टर्की-सिरियाको भूकम्पलाई मजाक गरेपछि व्यापक आलोचना – Nepal Press

चार्ली हेब्दो कार्टुनले टर्की-सिरियाको भूकम्पलाई मजाक गरेपछि व्यापक आलोचना

काठमाडौँ। टर्की र सिरियामा गएको भूकम्पले अहिले विश्व संवेदनशील बनेकोमा फ्रान्सेली अखबार चार्ली हेब्दोले भने मजाक बनाएको छ।

अखबारले हालसालै एक कार्टुन छापेर भूकम्पलाई मजाक बनाएको हो। अखबारले फेब्रुअरी ६ मा सार्वजनिक गरेको कार्टुनमा घरहरू ढलेका छन् । जसमा क्याप्सन लेखिएको छ- ‘टर्कीमा भूकम्प: युद्ध ट्याङ्कहरू पठाउनु पर्दै परेन।’

टर्कीको संकटको घडीमा यस्तो कार्टुन बनाएकोमा टर्कीका मिडियाहरूमा आलोचना भएको छ। टर्कीको विश्व च्यानल टिआरटी वर्ल्डले समाचार र विचारहरू प्रकाशन गर्दै फ्रान्सको मुस्लिम विरोधी र सिरियालाई सन १९२० देखि १९४६ सम्म उपनिवेश बनाएकोले त्यै मानसिकता बोकेर कार्टुन बनाएको तर्क गरिएको छ। चार्ली हेब्दोको कार्टुनलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको पनि साथ भएको टिआरटी वर्ल्डले लेखेको छ।

फ्रान्सेली अखबार चार्ली हेब्दो मुस्लिम र मुस्लिम आस्थामा पटक पटक असंवेदनशील कार्टुन बनाएर आलोचित छ । त्यसको बिरोधमा सन २०१५ जनवरी ७ मा मुस्लिम बन्दुकधारीले अखबारमा हमला गरेका थिए। उक्त अतिवादी हमलाबाट १२ को ज्यान गएको थियो भने ११ घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर