भारतीय नागरिकले नेपालीको घरमै घुसेर गोली हान्यो, पासवान घाइते – Nepal Press

भारतीय नागरिकले नेपालीको घरमै घुसेर गोली हान्यो, पासवान घाइते

जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा भारतीय नागरिकले घरमै घुसेर एक वृद्धमाथि गोली प्रहार गरेका छन् । गोली लागेर स्थानीय ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन् ।

साँझ करिब साढे ६ बजेतिर भारतीय नागरिकले पासवानको घरमै आएर गोली हानेको बताइएको छ । घुँडामा गोली लागेको उनलाई उपचारका लागि राजविराज ल्याउन लागेको हो । उनको घुँडामा गोली लागेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको पुष्टि गरे । उनले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजीमा लागिसकेको बताए । घटनाबारे बुझ्न प्रहरी घटनास्थल पुगेको उनको भनाई छ ।

घटनास्थल गोबरगाढा कोशीको मध्यभागमा पर्छ । उक्त गाउँ भारतीय सिमासँग जोडिएको छ । त्यहाँ पटक-पटक भैंसी चोरी भएको छ । चोरीको आरोपमा एक भारतीयलाई गोबरगाढाबासीले नियन्त्रणमा लिएपछि गोली प्रहार गरिएको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर