परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता – Nepal Press

परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छन् ।

उनले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

टेलिफोन वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीएमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा लगिदिनका लागि आग्रहसमेत गरेको मन्त्रालयले जनाएको छ । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरेको उल्लेख गर्दै उहाँले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै सहयोग प्रतिबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद दिए । नेपाल सरकारले टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्दार, राहत र पुनःस्थापनाका लागि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

सोमबार बिहान टर्कीएमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर