अखिल क्रान्तिकारी विघटन गरी आयोजक कमिटी बनाइने, पार्टीद्वारा समानान्तर गतिविधिमा रोक – Nepal Press

अखिल क्रान्तिकारी विघटन गरी आयोजक कमिटी बनाइने, पार्टीद्वारा समानान्तर गतिविधिमा रोक

काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा लामो समयदेखिको विवाद समाधान गर्न हालको कमिटी विघटन गरी आयोजक समिति बनाइने भएको छ । केही दिनअघिको पार्टीको स्थायी कमिटी बैठकमा माओवादीले उक्त निर्णय गरेको उच्च स्रोतले नेपाल प्रेसलाई बतायो ।

बैठकले स्ववियू निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्नेगरी अहिले स्ववियू निर्वाचनमा एकढिक्का भएर लाग्ने निर्णय गरेको छ । पञ्चा सिंह र पवन कार्की समूहले अहिले देशव्यापीरूपमा छुट्टाछुट्टै सांगठनिक गतिविधि गरिरहेका छन् । माउ पार्टी माओवादीको स्थायी कमिटीले समानान्तर संगठन र गतिविधिमा पनि रोक लगाएको छ ।

निर्णयमा भनिएको छ, ‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने । स्ववियू चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर