हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते – Nepal Press

हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एकजना महिला घाईते भएकी छन् । उपमहानगरपालिकाको वडा नंबर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् ।

बुधबार अपरान्ह ४ बजे बस्ती नजिकै रहेको जंगलमा घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया मैती बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

बाघको आक्रमणमा परेर घाइते भएकी बयलकोटीको गाला, ओठ र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलबारदेखि हेटौंडा-१८ गुम्बाडाँडा क्षेत्रमा बाघको आंतक मच्चिएको छ । मंगलबारनै बाघले स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा मारेको थियो भने आज बिहान पनि सोहि स्थानमै बंगुर मारेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर