नाजिर हुसेन र कविता राया अभिनित म्युजिक भिडिओ सार्वजनिक – Nepal Press

नाजिर हुसेन र कविता राया अभिनित म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडिओ ‘मायामा यस्तो किन ?’ रिलिज भएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ ।

सार्वजनिक गीतको भिडिओमा अभिनेता नाजिर नयाँ अवतारमा प्रस्तुत छन् । भिडिओमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढावलाई पर्दामा उतारेको छ ।

फिल्मी शैलीमा तयारी पारिएको गीतमा शब्द रचना तथा संगीत नरेश जोगीले दिएका छन ।

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले सम्हालेका छन् ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर