योजना आयोगको सदस्यमा राप्रपाको कोटाबाट गीताभक्त जोशी नियुक्त – Nepal Press

योजना आयोगको सदस्यमा राप्रपाको कोटाबाट गीताभक्त जोशी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा राप्रपाको कोटाबाट प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकबाट जोशी सदस्यमा नियुक्त भएका हुन् ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका जोशी त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् । यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए ।

सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर