क्रान्तिकारी विद्रोही समूहले ‘जनयुद्ध सप्ताह’ मनाउँदै – Nepal Press

क्रान्तिकारी विद्रोही समूहले ‘जनयुद्ध सप्ताह’ मनाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) विद्राेही समूले नेपाल ल क्याम्पस कमिटीले जनयुद्ध दिवसको अवसर पारेर विभिन्न विषयमा साताव्यापी कार्यक्रमा गरिरहेको छ ।

जनयुद्ध दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमको पहिलो दिन मंगलबार ‘सोसलिज्म इन कलेज’ कार्यक्रमबाट सुरुवात गरिएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय संयोजक पवन कार्की, केन्द्रीय प्रबक्ता उपदेश यादब, कानून विभाग सचिव आशा उपर्कोटी, केन्द्रीय सदस्य प्रतिक कार्कीलगायतको उपस्थितिमा कार्यक्रम सुरु भएको क्यामपस कमिटीका अध्यक्ष विष्णु ढुङ्गेलले बताए ।

समाजवादी व्यवस्थाप्रति लामबद्द हुन आफ्नो हस्ताक्षर र भनाई सहित एक्यवद्धता जनाउन सबै विद्यार्थी, कर्मचारी, विभिन्न पेसामा आबद्ध र सबै सर्वसाधारण जनतालाई लाई आग्रह गरेका छन् । विभन्न व्यक्तिहरुको भनाइ र हस्ताक्षर भएको भिडिओ र हस्ताक्षरहरु प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाई बुझाउने जानकारी केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए ।

समाजवाद स्थापनाका लागि लाखौँ विद्यार्थी हरुलाई समाजवादी अभियन्ताको रुपमा परिचालन गर्न, संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयनमा लैजान र समाजवादी व्यवस्थाको पक्षमा नयाँ पुस्ता कलेज र विश्वविद्यालयका विद्यार्थी तयार रहनु पर्ने तथा स्ववियु निर्वाचनमार्फत समाजवादको पक्षमा संघर्ष गर्ने अखिल (क्रान्तिकारी) ले देशभरका शैक्षिक संस्थाहरुमा समाजवादको लागि अभियान सञ्चालन गर्ने संयोजक पवन कार्कीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर