रेमिट्यान्स कम्पनीले मासिक विवरण महिना सकिएको एक साता र सञ्चालकले आर्थिक वर्षपछि १५ दिनभित्र बुझाउनुपर्ने – Nepal Press

रेमिट्यान्स कम्पनीले मासिक विवरण महिना सकिएको एक साता र सञ्चालकले आर्थिक वर्षपछि १५ दिनभित्र बुझाउनुपर्ने

काठमाडौ । रेमिट्यान्स कम्पनीहरुले मासिक भुक्तानी तथा कारोबारको विवरण हरेक महिना पठाउनुपर्ने भएको छ । त्यस्तो विवरण महिना सकिएको सात दिनभित्र नेपाल राष्ट्र बैंकमा पठाउँन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

विप्रेषण कम्पनी आफैले वा सव एजेन्ट तथा रिप्रिजेन्टेटिभमार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानीको विवरण, रेमिट्यान्स कम्पनीले कारबाही गरेको सव एजेन्ट तथा सव रिप्रिजेन्टेटिभहरुको विवरण, देशगत इनवार्ड रेमिट्यान्सको कारोबार विवरण र कम्पनीगत इनवार्ड रेमिट्यान्सको कारोबार विवरण अंग्रेजी महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकको इमेलमा पठाउनुपर्नेछ ।

यस्तै, देशगत इनवार्ड रेमिट्यान्सको विवरण कारोबार भएको तिन दिनभित्र पठाउनुपर्नेछ । रेमिट्यान्स कम्पनीको सञ्चालकको विवरण भने आर्थिक वर्ष सकिएको १५ दिनभित्र पठाउनु पर्नेछ । यदि हेरफेर भएमा हेरफेर भएको सात दिनभित्र केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने सूचना वुधबार बैंकले जारी गरेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर