जनयुद्धको फल कांग्रेसले खाइरहेको छ, माओवादी लड्दा ओली-माधवहरू दुलाभित्र थिए: विप्लव (भिडियो) – Nepal Press

जनयुद्धको फल कांग्रेसले खाइरहेको छ, माओवादी लड्दा ओली-माधवहरू दुलाभित्र थिए: विप्लव (भिडियो)

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्यवस्थाको विरुद्ध हामी लड्यौं । जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ । जेलमा रहेको कांग्रेसलाई हामीले सडकमा ल्याएको होइन ? माधव नेपाल र केपी ओलीहरु त्यतिवेला दुलाभित्र बसेका थिए । हामीले हो मुक्त गरेको ।’

अहिले सहिद परिवार र माओवादीहरुलाई अपराधी जस्तो ठानेकोप्रति उनले आक्रोश पोखे । विप्लवले दलाल र माफियाको विरुद्ध आफूहरु संघर्षमा जाने बताए ।

उनले सरकार र सरकार बाहिर रहेका दलहरुसँग बहस गरेर विचार मिल्नेसँग एकता र नमिले कार्यगत एकता गर्नेगरी अघि बढेकोसमेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर