दुई प्रदेश सांसदलाई दायाँबायाँ राखेर रन्जिताले लेखिन्- न्याय देऊ हामीलाई क्षमा चाहिँदैन


कैलाली । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता चौधरीले आफूहरूलाई क्षमा नभई न्याय चाहिएको बताएकी छन् । सुदूरपश्चिम प्रदेशका दुई सांसदलाई दायाँबायाँ राखेर रन्जिताले न्यायको याचना गरेकी हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्तिका सांसदहरू धनगढी नआएपछि आजको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । अहिले पनि नागरिक उन्मुक्तिका सांसदहरू कैलाली पुगेका छैनन् ।
यसैबीच पार्टीकी केन्द्रीय अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका सांसदहरूसँगको तस्बिर सार्वजनिक गर्दै न्यायको अपिल गरेकी हुन् ।
उनले लेखेकी छन्,
‘जो जो चोर छन्, ठूलै स्वर छ उनको
समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको
अशान्ति बनाइराखे उनैले राज गर्छन्
उनैले जनता मार्छन्, उनै महाराज बन्छन्
श्रीमान् १ न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर, निर्दोषीलाई थुन्न पाइँदैन’
रेशम चौधरीलगायतका बन्दीहरू रिहा नभएसम्म विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले क्षमा नभई न्याय चाहिएको बताएकी हुन् ।