गगन थापाको उद्घोष- एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौं (भिडियो) – Nepal Press

गगन थापाको उद्घोष- एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौं (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे ।

उनले भने, ‘राष्ट्रपतिमा आँखा लाउलास् भनेर साथीहरुले भन्नुहुन्छ । तर, त्यो पनि ठीकै हो । नेपालको राष्ट्रपतिको संस्थालाई हामीले मनलाग्दा संविधानलाई मिच्न मिल्ने । हामीले संसद विघटनको बेलामा हेर्‍यौं । राष्ट्रपतिकहाँ अड्किएको विधेयक र सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेश दुवै विषयमा मेरो आफ्नो मत छ ।’

एमालेबाट प्रस्तावित राष्ट्रपति आए संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्ने उनको दाबी छ ।

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ । त्यसले संविधानलाई दुर्घटना पार्छ । हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं। त्यतातर्फ लाग्छौं लाग्छौं ।’


प्रतिक्रिया

One thought on “गगन थापाको उद्घोष- एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौं (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर