टीभीएस स्कुटरमा भ्यालेन्टाइन डेलक्षित ‘टीभीएस लभ एक्सप्रेस’ योजना – Nepal Press

टीभीएस स्कुटरमा भ्यालेन्टाइन डेलक्षित ‘टीभीएस लभ एक्सप्रेस’ योजना

काठमाडौ । टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’ को अवसरमा सम्पूर्ण टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।

कम्पनीका अनुसार योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँ टीभीएस स्कुटर खरिदमा ६ हजार रूपैयाँसम्मको स्योरशट नगद छुट पाउने कम्पनीले जनाएको छ । ग्राहकले ३ हजार ९ सय ९९ रुपैयाँ (प्रतिदिन १३३ रुपैयाँ), २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

मोटर्सले यस आयोजनालाई यही माघ २४ गतेदेखि फागुन १६ गतेसम्म लागू हुने बताएको छ । टीभीएस एन्टर्क रेस एक्सपी नेपालको १२५ सीसीको स्कुटर हो । स्कुटरमा भएको बीएस ६ र आरटीएफआई इन्जिनले एक्स्ट्रा माइलेज दिने गर्दाछ ।

१० बीएचपीभन्दा बढीको पावर जेनेरेट गर्ने, एक्सपीअर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव, यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिने, यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाई सजिलै आफूले चाहेजसरी कन्ट्रोल गर्न पनि सकिनेजस्ता फिचर्स रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर