राष्ट्रियसभा उप निर्वाचन : घोराहीमा मतदान सुरु – Nepal Press

राष्ट्रियसभा उप निर्वाचन : घोराहीमा मतदान सुरु

रुपन्देही । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य यसका मतदाता छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । दुई मतदान केन्द्रमा भएको मतदानमा पहिलो केन्द्रमा स्थानीय तहका जनप्रतिनिधि तथा दोस्रो केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

दिउसो ३ बजेसम्म हुने मतदानको केही घण्टामै मतगणना सकिने निर्वाचन आयोगले जनाएको छ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

यद्यपि सत्तारुढ उन्मुक्तिबाहेक सबैको एमाले उम्मेदवारलाई समर्थन रहेकाले र मतभार बढी भएकाले निर्वाचन एमाले उम्मेदवार दसौदीले जित्ने निश्चितजस्तै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर