प्रेस युनियन बागमती प्रदेशमा पुरीको नेतृत्व

२०७९ माघ २५ गते ८:५३

हेटौँडा । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ ।
बुधवार चितवनको सौरहामा सम्पन्न अधिवेशनले पुरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापालाई चयन गरेको छ । युनियनको महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल चयन हुँदा कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर