इक्वेडरमा हत्या भएका उम्मेदवार मेयरमा विजयी – Nepal Press

इक्वेडरमा हत्या भएका उम्मेदवार मेयरमा विजयी

काठमाडौं ।ल्याटिन अमेरिकी देश इक्वेडरको पुएर्तो लोपेजमा भएको स्थानीय चुनावमा हत्या भएका उम्मेदवार विजयी भएका छन् ।

४१ वर्षका उम्मेदवार ओमार मेनेन्देसको शनिवार हत्या भएको थियो। उनी बसेको कोठामा आएर हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसी अनुसार मेनेन्देससगै एक किशोरको पनि हत्या भएको थियो।

आइतबार भएको चुनावले हत्या भएको उम्मेदवारलाई जिताएपछि अब सोही दलको अर्को नेता मेयर हुने बीबीसीले उल्लेख गरेको छ।

इक्वेडरले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *