आदिवासीलाई खुशी पार्न अस्ट्रेलियाले १५ वर्षमा चालेका तीन ‘बोल्ड’ कदम – Nepal Press

आदिवासीलाई खुशी पार्न अस्ट्रेलियाले १५ वर्षमा चालेका तीन ‘बोल्ड’ कदम

काठमाडौं । हालसालै अस्ट्रेलियाको एक नोटसँग जोडिएको समाचारले विश्व हेडलाइन बनायो । बेलायती महारानीको तस्बिर राखिएको अस्ट्रेलियन पाँच डलरको नोटमा बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्बिर नराख्ने निर्णय भएसँगै यो समाचार विश्व मिडिया मार्केटमा गज्जबसँग चल्यो । रानीको तस्बिर राखेको तर राजाको नराख्नुमा बेलायतलाई अस्ट्रेलियाले मान्न छोडेकोदेखि अस्ट्रेलियाली सरकार गणतन्त्रतर्फ अग्रसर भएकोसम्म धेरैले टिप्पणी गरेका छन् ।

संसदीय लोकतन्त्र मान्ने अस्ट्रेलिया सन् १९०१ जनवरी १ बाट स्वतन्त्र देश भएको हो । बेलायतको अधिनबाट मुक्त भएर स्वतन्त्र देश मानिए पनि अहिलेसम्म अस्ट्रेलियाले बेलायतका राजारानीलाई आफ्नो राष्ट्रप्रमुख मान्छ । आफूले राष्ट्रप्रमुख मानेको बेलायती राजाको तस्बिर नराख्नुमा बेलायती राजाविरोधी कदममात्रै थिएन, यो त्यहाँका आदिवासीसँग जोडिएको मुद्दा थियो । यो सामग्रीमा अस्ट्रेलियाली सरकार र सदनले पछिल्ला १५ वर्षमा त्यहाँका आदिवासीलाई खुशी बनाउन गरेका तीन बोल्ड कदमको बुँदागत चर्चा गरिएको छ ।

कदम १ : आदिवासीलाई गरिएको दमनको लागि प्रधानमन्त्रीबाट सार्वजनिक माफी

सन् २००८ फेब्रुअरी १३ मा अस्ट्रेलियाका तत्कालीन वामपन्थतर्फ झुकाव राख्ने प्रधानमन्त्री केभिन रडले धेरै आदिवासीलाई खुशी बनाउने कदम चाले । धेरै वर्षबाट अस्ट्रेलियाले आदिवासीले चाहेको मुद्दामा उनले सम्बोधन गरेका थिए । आदिवासीमाथि भएको दमन र अत्याचारविरुद्धमा उनले प्रधानमन्त्रीको रुपमा पहिलोपटक माफी मागेका थिए । सदनको सुभारम्भमै गरिएको माफी मन्तव्यमा केभिन रडले भनेका थिए, ‘यहाँसम्म आउनलाई ४१ संसद कुर्नुपर्‍यो । कहिलकाहीं हामी धेरै ढिलो छौं ।’

केभिन रडको माफी सन् १९१० देखी सन् १९७० सम्म भएको कुख्यात सरकारी कदमबाट पीडित ‘चोरिएको पुस्ता’का लागि थियो । उक्त अवधिमा आदिवासीका नयाँ सन्तानलाई आमाबाबुबाट खोसेर जबरजस्त धर्मपिता, चर्च, अनाथालयमा लगेर उनीहरुलाई आफ्नै संस्कार र संस्कृतिबाट बिमुख गराइएको थियो । त्यस्तो गरिएको पुस्तालाई अस्ट्रेलियाका आदिवासीहरुले चोरिएको पुस्ता भन्दै आएका छन् । त्यही कुख्यात सरकारी कदमको लागि केभिन रडले माफी मागेका थिए ।

सुन्दा अचम्म लाग्छ । तर, सत्य हो । अस्ट्रेलियाले आदिवासीको भावनालाई सम्बोधन गर्न आफ्नो राष्ट्रिय गानसमेत संशोधन गरेको थियो । यो खबर दुई वर्ष अगाडिको हो । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा अस्ट्रेलियाका परम्परागत पार्टीका प्रधानमन्त्री स्कट मरिसनले एक घोषणा गर्दै राष्ट्रिय गान संशोधन गरेका थिए ।

आदिवासीले चाहेको माफी मागे पनि उनीहरुले चाहेको आर्थिक क्षतिपूर्ति भने केभिन रडले र अस्ट्रेलियाली सदनले दिन मानेन । आधा भनिए पनि माग पूरा भएकोमा अस्ट्रेलियाका आदिवासी खुशी भएका थिए । अझ रोचक कुरा त त्यो माफीको दस्तावेज अस्ट्रेलियाको सदनमै राम्रोसँग सजाएर राखिएको छ । सन् २०१२ अगस्ट महिनामा गैरआवासीय नेपालीको कार्यक्रममा पुगेका जीवा लामिछानेले त्यो प्रसंग ल्याउँदै आफ्नो पुस्तक ‘सरसर्ती संसार’मा लेखेका छन्, ‘अस्ट्रेलियाका आदिवासीप्रति विगतमा गरिएको दमन र अत्याचारको प्रायश्चित गर्दै सन् २००८ मा तत्कालीन अस्ट्रेलियन प्रधानमन्त्रीले सार्वजनिक रुपमा मागेको माफी र अबरिजिन जातिले त्यसबापत लेखेको प्रत्युत्तर पनि भित्तामा सजाइएका रहेछन् ।’

कदम २ : आदिवासी भावना सम्बोधन गर्न राष्ट्रिय गान संशोधन

सुन्दा अचम्म लाग्छ । तर, सत्य हो । अस्ट्रेलियाले आदिवासीको भावनालाई सम्बोधन गर्न आफ्नो राष्ट्रिय गानसमेत संशोधन गरेको थियो । यो खबर दुई वर्ष अगाडिको हो । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा अस्ट्रेलियाका परम्परागत पार्टीका प्रधानमन्त्री स्कट मरिसनले एक घोषणा गर्दै राष्ट्रिय गान संशोधन गरेका थिए । राष्ट्रिय गानमा भएको ‘योङ एण्ड फ्रि’ अर्थात् युवा र स्वतन्त्र शब्दलाई संशोधन गरेर ‘वन एण्ड फ्रि’ अर्थात् एक र स्वतन्त्र बनाइएको थियो । राष्ट्रिय गानको युवा शब्दले आदिवासीको पुरानो विगतलाई बेवास्ता गरेर इतिहासलाई नामेट पारिएको भन्ने गुनासो आएपछि त्यसो गरिएको थियो ।

सन् १९८४ अप्रिल १९ बाट राष्ट्रिय गानको रुपमा निरन्तर गाइँदै आएको गानका केही शब्द आदिवासीको भावनालाई सम्बोधन गर्न संशोधन गरिएको अस्ट्रेलियाको प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ । बेलायती अखबार गार्डियनका अनुसार तत्कालीन विपक्षी दलका नेता तथा हालका प्रधानमन्त्री एन्थोली एल्बानेसले उक्त कदमको समर्थन गरेका थिए । समर्थन गर्दै उनले भनेका थिए, ‘हाम्रो देशका आदिवासीसँग दुनियाँको सबैभन्दा पुरानो निरन्तर सभ्यता भएकोमा हामीले गर्व गर्नुपर्छ ।’

अस्ट्रेलियाको नेसनल लाइब्रेरीका अनुसार युरोपेलीहरुले सन् १६०६ मा अस्ट्रेलियामा पहिलोपटक पाइला टेकेको तथ्यांक भेटिएको छ । तर, त्यहाँका आदिवासीहरु त्योभन्दा युगौं पहिलेबाट त्यहाँ बसिरहेका थिए ।

वामपन्थी झुकाब राख्ने दल लेबर पार्टीका नेता उनले अस्ट्रेलियन पाँच डलरमा राखिएको बेलायती रानीको तस्बिरको सट्टामा उनको मृत्युपछि नयाँ राजाको तस्बिर नराख्ने बताएका छन् । अस्ट्रेलियाको पाँच डलरमा मात्रै बेलायती राजतन्त्रको तस्बिर राखिँदै आएको थियो ।

कदम ३ : राजाको तस्बिर नोटबाट हटाएर आदिवासीको मर्म राख्ने

राष्ट्रिय गान संशोधन गरेर आदिवासीको पक्षमा पार्दा विपक्षी दलका नेता एन्थोली एल्बानेस अहिले अस्ट्रेलियाका प्रधानमन्त्री छन् । वामपन्थी झुकाब राख्ने दल लेबर पार्टीका नेता उनले अस्ट्रेलियन पाँच डलरमा बेलायती रानीको मृत्युपछि नयाँ राजाको तस्बिर नराख्ने बताएका छन् । अस्ट्रेलियाको पाँच डलरमा मात्रै बेलायती राजतन्त्रको तस्बिर राखिँदै आएको थियो । गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि उनीपछि राजा भएका चार्ल्सको तस्बिर उक्त नोटमा नराखिने भएको छ । अस्ट्रेलियाको रिजर्भ बैंकले यसबारेमा आधिकारिक सूचना हालसालै सार्वजनिक गरेको छ ।

बैंकले रानीको तस्बिरको सट्टामा के गर्ने भन्नेबारेमा आदिवासीसँग छलफल गर्ने बताएको छ । अर्थात् घुमाउरो भाषामा राजाको सट्टामा आदिवासीको कुनै न कुनै रुप पाँच डलरको नोटमा झल्किने देखिन्छ । अस्ट्रेलियाका सिक्काहरुमा भने बेलायती राजाकै तस्बिरहरु हुने अस्ट्रेलिया सरकारले जानकारी दिएको छ । नोटमा भने पाँच डलरमा बाहेक अन्त राजाको तस्बिरको प्रयोग भएको छैन । राजाको तस्बिर नोटबाट हटाउने निर्णय राजनीतिक भएको विपक्षी दलका नेता पिटर डटनले स्थानीय रेडियो २ जीबीलाई बताएको फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा सन् १९९९ नोभेम्बर ६ मा जनमत संग्रह भएको थियो । उक्त जनमत संग्रहमा गणतन्त्र कि बेलायती महारानीलाई राष्ट्राध्यक्ष मान्ने संसदीय लोकतन्त्र भन्ने प्रश्नमा झन्डै ५५ प्रतिशतले राजतन्त्रको पक्षमा मतदान गरेका थिए । ५४.८७ प्रतिशत मतदाताले राजतन्त्रको पक्षमा मतदान गरेको अस्ट्रेलियन निर्वाचन आयोगले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर