प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार – Nepal Press

प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार

विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरिएको छ ।

प्रदेशका पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहित मस्यौदा समितिका सदस्यले मंगलबार मुख्यमन्त्री कार्कीलाई मस्यौदा हस्तान्तरण गरेका हुन् ।

मस्यौदा बुझ्दै मुख्यमन्त्री कार्कीले सरकारबाट प्राप्त कार्यजिम्मेवारी समयमै पूरा गरेकोमा समितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए । समितिमा नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा र जसपाका प्रदेशसभा सदस्य तथा दलका नेताले संयुक्त कार्यक्रमको मस्यौदा तयार पारेका थिए ।

यसमा दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा प्रदेश १ को वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका १९ वटा मुख्य प्राथमिकता तोकेको समितिले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर