कोभिड १९ ले बेचबिखन प्रभावितहरुमा बहुआयामिक असर पारेको अध्ययन सार्वजनिक


काठमाडौं । कोभिड महामारीले गर्दा मानव बेचबिखन प्रभावितहरुलाई समाजका अन्य व्यक्तिहरुभन्दा फरक तर जटिल प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मानव बेचबिखन प्रभावितहरुमा कोभिड १९ ले पारेको प्रभावमा आधारित अन्वेषणात्मक तथा खोजमूलक अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो ।
त्यसको प्रभाव र न्यूनीकरण तथा नियन्त्रण गर्न आवश्यक पहिचानको लागि टीडीएच नेपाल र शक्ति समूहले संयुक्त रुपमा अध्ययन गरेका थिए । यस क्रममा झापा र इलाममा मानव बेचबिखन प्रभावित तथा सरोकारवालाहरुसँग अध्ययन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्दिरादेवी ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मीना पौडेललगायतले राय व्यक्त गरेका थिए ।
त्यस्तै कृषि तथा पशुपंक्षी मन्त्रालयका डा. प्रद्युम्न कुमार, भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयबाट सुमना अर्याल, नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान व्युरोबाट जीवन श्रेष्ठलगायत सम्वन्धित क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको गैरसरकारी संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको शक्ति समूहले जनाएको छ ।
अन्वेशन अनुसन्धान कार्यक्रम र यसबाट आएको निष्कर्षको बारेमा टीडीएच नेपालको तर्फबाट लियोज नि बहराइनले प्रस्तुतीकरण गरेको कार्यक्रममा र अनुसन्धानको महत्व र प्रक्रियाको बारे शक्ति समूहकी बालकुमारी दर्लामीले जानकारी दिएकी थिइन् ।