कर्णालीका कराते खेलाडीलाई सामाजिक विकासमन्त्रीले गरे बिदाइ – Nepal Press

कर्णालीका कराते खेलाडीलाई सामाजिक विकासमन्त्रीले गरे बिदाइ

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले खेलाडीलाई बिदाइ गरेका छन् ।

मंगलबार कर्णाली प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री पछाईले बिदाइ गरेका हुन् ।
काठमाडौको सातदोबाटो ललितपुरमा हुन गइरहेको दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन खेलाडीलाई बिदाइ गरिएको छ ।

बिदाइ कार्यक्रममा खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिँदै मन्त्री पछाईले कर्णालीका खेलाडीहरूले कुनै न कुनै स्थान ल्याउने छ भन्ने विश्वस्त रहेको बताए ।

नेपाल कराते महासंघ तत्वाधान तथा गोदावरी जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा माघ २६ गते देखि २ गते सम्म हुने कृष्णप्रसाद राई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरु सहभागी हुने भएका छन् ।

कर्णालीबाट ६ जना महिला र ८ जना पुरुष खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी हुदैँ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर