नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

२०७९ माघ २४ गते १६:५५

काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
लिग चरणको अन्तिम खेलमा मंगलबार भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो ।
३ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ । पहिलो खेलमा बंगलादेशसँग ३–१ गोलले पराजित नेपाल दोस्रो खेलमा भुटानमाथि ४–० गोलले विजयी भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर