सरकारकी प्रवक्ता शर्मा भन्छिन्- रास्वपालाई सरकारमा ल्याउन प्रयत्नशील छौं (भिडिओ) – Nepal Press

सरकारकी प्रवक्ता शर्मा भन्छिन्- रास्वपालाई सरकारमा ल्याउन प्रयत्नशील छौं (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले सरकार संकटमा नरहेको प्रष्ट पारेकी छन् ।
मंगलबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने बताइन् ।

उनले भने, ‘रास्वपाले सरकार छोडेर गएको छ । तर, समर्थन फिर्ता लिनुभएको छैन । त्यसैले सरकार संकटमा रहेको स्थिति देखिदैन । उहाँहरुले सरकार छाड्नु उहाँहरुको पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल गर्छौं । प्रधानमन्त्रीले हामी गठबन्धन जोगाउन र उहाँहरुलाई सरकारमा फिर्ता ल्याउन प्रयत्नशील छौं भनेर बोल्नुभएको छ ।’

उनले रास्वपालाई पुन सरकारमा ल्याउन पहल भइरहेको समेत बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर