शेयर बजारमा उछाल, नेप्से परिसूचक ७६ अंकले बढ्यो – Nepal Press

शेयर बजारमा उछाल, नेप्से परिसूचक ७६ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २ हजार १ सय ७७.३४ बिन्दुमा बन्द भएको छ ।

आजको बजारमा ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयरको किनबेच हुदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेको छ ।

बरुण हाइड्रो पावर, खानीखोला हाइड्रो पावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्था गरी ४ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी, सबैभन्दा धेरै एनआइसी एसियाले १२ करोड ९२ लाख ४२ हजार ७ सय २६ रुपैयाँ र ग्रुप पावरले ११ करोड ३ लाख ७० हजार ५ सय ४४ रुपैयाँ बराबरको सेयरको कारोबार गरेको छ । ११ खर्ब ५९ अर्ब रुपैयाँ बजार परजीकरण रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर