बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् ।

कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले धेरै सरकारी बिदा हुँदा सेवा प्रवाह प्रभावित भएकाले त्यसलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए ।

उनले भने, हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।”

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।


प्रतिक्रिया

One thought on “बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

  1. अहिले सम्मको प्रचण्ड जिको सबै भन्दा सकारात्मक कुरा आयो पक्कै बिदा कटौती गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर