सुर्खेतमा रात्रि व्यवसाय राति ११ बजेसम्म सञ्चालन गर्न प्रशासनको अनुमति – Nepal Press

सुर्खेतमा रात्रि व्यवसाय राति ११ बजेसम्म सञ्चालन गर्न प्रशासनको अनुमति

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होटल, रेष्टुरेन्ट र बारहरु राति ११ बजेसम्म संचालन गर्ने अनुमति दिएकाे छ ।

प्रशासनले एक सूचना जारी गर्दै मंगलबार गृह मन्त्रालयको पूर्ण व्यावसाय संचालन सम्बन्धी कार्यविधि, २०७९ अनुसार क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा बारहहरु, मदिरा बिक्री वितरण गर्ने पसलहरु, होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसललगायतका सेवाजन्य व्यवसायहरु राति ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

यस्तै, फागुन १ गतेभित्र व्यावसाय संचालन गर्ने व्यावसायीहरुले संचालन अनुमतिका लागि सूचीकृत गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *