मधेस सरकारमा माओवादी सहभागी, मन्त्री यादव र राज्यमन्त्री अन्सारीले लिए शपथ – Nepal Press

मधेस सरकारमा माओवादी सहभागी, मन्त्री यादव र राज्यमन्त्री अन्सारीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा आज दोस्रो पटक मन्त्रीपरिषद् विस्तार भएपछि सरकार पूर्णता पाएको छ ।

आज नेकपा माओवादी केन्द्रकी सुनिता यादव उद्योग, वन तथा पर्यटन मन्त्री र रहबर अन्सारीले सोही मन्त्रालयको राज्यमन्त्रीको शपथ लिएका हुन् ।

मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

मन्त्री यादव धनुषाका जनयूद्धका शहिद रामबृक्ष यादवको छोरी हुन् । राज्यमन्त्री बनेका अन्सारी पर्साबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर