सवारी ज्यान मुद्दामा पोखराकी वडा सदस्य जेल चलान – Nepal Press

सवारी ज्यान मुद्दामा पोखराकी वडा सदस्य जेल चलान

पोखरा । पोखरा महानगरपालिका- ३३ का वडा सदस्य लीलादेवी नेपाली पुर्पक्षका लागि थुनामा परेकी छन् । सवारी ज्यान मुद्दामा गत माघ ८ गते पक्राउ परेकी वडा सदस्य नेपालीलाई जिल्ला अदालत तनहुँले माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

गत पुस १३ गते नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी गाउँपालिका २ हलेदी वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार नेपालीकी आमाको ज्यान गएको थियो । ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा पुस १७ गते निधन भएको थियो ।

अनुसन्धान क्रममा वडा सदस्य नेपालीको चालक अनुमतिपत्र नभएको पाइएपछि माघ ८ गते नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । त्यसको ४ दिनपछि नेपाली र ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर