कर्णाली सरकारले ‘जनयुद्ध दिवस’ मनाउने, फागुन १ गते दिइयो सार्वजनिक बिदा (भिडिओ) – Nepal Press

कर्णाली सरकारले ‘जनयुद्ध दिवस’ मनाउने, फागुन १ गते दिइयो सार्वजनिक बिदा (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा बिदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले चालू आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय भएको छ ।

प्रदेशमा कार्यरत प्रदेश सचिवहरूले साबिकको कार्य जिम्मेवारी अनुसार कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितमा एकले अर्काको कार्यसम्पादन गर्ने निर्णय भएको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीलाई जिम्मेवारी दिइएको छ ।मन्त्रिपरिषद्को आगामी बैठक ०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधवार दिउँसो ४ बजे तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर