टर्की-सिरिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो – Nepal Press

टर्की-सिरिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु हुनेको संख्यामा बढोत्तरी हुनसक्ने प्रबल सम्भावना रहेको छ।

भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १० शहरमा पुर्‍याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेन्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

टर्कीको आपतकालीन एजेन्सी एफएडीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हाल विभिन्न ६५ देशको सहयोगमा क्षतिग्रस्त क्षेत्रमा उद्धार कार्य अगाडि बढाइएको छ ।

सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *