विमान चार्टड गरेर पहिलो पटक लुम्बिनी पुगे भारतीय सन्त मुरारी वापू – Nepal Press

विमान चार्टड गरेर पहिलो पटक लुम्बिनी पुगे भारतीय सन्त मुरारी वापू

रुपन्देही । भारतका प्रख्यात सन्त मोरारी बापू भारती विमानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सोमबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरेका थिए ।

पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे ।

वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिएका थिए । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तय बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिए । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताए ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन् । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको वापूले उल्लेख गरेका छन् ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छाअनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुनेछ । वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *