६ लेन सडकको काम पूरा गर्न मेयर पौडेलको निर्देशन


विराटनगर । रानी विराटनगर इटहरी धरान किमाथांका ६ लेन सडकअन्तर्गत तरहरादेखि धरान सेउतीसम्मको काम तत्काल पूरा गर्न इटहरीका मेयर हेम कर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन् ।
तरहरा-धरान सेउतीसम्म ५ किलोमिटर सडक निर्माणमा ठेकेदारले ढिलाइ भएपछि स्थलगत निरीक्षण गदै मेयर पौडेलले छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
मेयर पौडेलले लामो समय देखि ठेकेदार पक्षको लापरबाहीले काम समयमा नसकिएको भन्दै ‘तरहरा-सेउती पुलसम्म यात्रा गर्न गाह्रो छ’, उनले भने ।
त्रिदेशीय व्यापारिक सडकको रूपमा रहेको तरहरा देखि सेउती पुलसम्मको करिब ५ किलोमिटर सडक निर्माणको गति तीव्र पार्न निर्देशन दिएका छौ मेयर पौडेलले भने ।
सडक निर्माणको काम सुस्त हुँदा दैनिक सयौँ सर्वसाधारण दुःख पाई रहेको बताए । पानी पिया क्षेत्रका भेटिएका ठेकेदार पक्षका म्यानेजर तारा खड्कालाई छिटो काम सक्न भनेका छौ मेयर पौडेलले भने ।