राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव सापकोटा – Nepal Press

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव सापकोटा

काठमाडौं । सहसचिव नारायणप्रसाद सापकोटालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सापकोटाले उक्त कार्यालय मातहत नै रहेको विभागमा पद बहालीसमेत गरिसकेका छन् ।

लामो समय कर प्रशासनमा बिताएका सापकोटा यसअघि छोटो समयका लागि अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको महानिर्देशक बनेका थिए । विभागका महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको महानिर्देशकमा सापकोटालाई पठाइएको हो ।

दाहाल तीन महिनाअघि मात्रै महानिर्देशकको जिम्मेवारीमा गएका थिए । उनको ३ महिना नपुग्दै सरुवा भएको हो । विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत गएको २३ महिनामा पाँचौं महानिर्देशकका रुपमा सापकोटाले जिम्मेवारी सम्हालेका हुन् ।

तेस्रो महानिर्देशक झलकराम अधिकारीको पाँच महिनामा सरुवा भएको थियो ।

सरकारको निकै महत्त्वपूर्ण विभाग मानिए पनि महानिर्देशकलाई सबैभन्दा बढी अस्थिर बनाएकै कारण उक्त विभागले अपेक्षाकृत परिणाम देखाउन नसकेको टिप्पणी भएको छ ।

राजस्व चुहावटलाई प्रभावकारी बनाउन भन्दै अर्थ मन्त्रालय मातहत रहेको विभागलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत तानेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *