विपक्षी दल बन्न निवेदन हाल्ने कांग्रेसले सत्तामा हिस्सा खोजेर दोहोरो चरित्र देखायो : प्रदीप ज्ञवाली (भिडिओ) – Nepal Press

विपक्षी दल बन्न निवेदन हाल्ने कांग्रेसले सत्तामा हिस्सा खोजेर दोहोरो चरित्र देखायो : प्रदीप ज्ञवाली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धनलाई टिकाइ राख्नुपर्नेमा जोड दिएका छन् । प्रतिपक्ष हुन पाऊँ भन्दै निवेदन हाल्ने कांग्रेसले सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सा खोजेर दोहोरो चरित्र देखाएको नेता ज्ञवालीको आरोप छ ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न गठबन्धन टिकाइरहनुपर्ने उनले तर्क गरे । रफ्त सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले पुस १० मा भएको सहमति कार्यान्वयन गर्न सत्तारुढ दल दृढतापूर्वक उभिनुपर्ने बताए ।

‘हिजो पुस १० गते यो सरकार बनाउने दलहरूको बीचमा जे समझदारी भएको छ । त्यो दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ । नेपाली कांग्रेसले एकातिर प्रतिपक्ष हुनु पाऊँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने । अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरूमा हिस्सेदारी पनि खोज्ने । त्यो कहिँ पनि मिलेन’, ज्ञवालीले भने, ‘लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर, सत्ताबाट हट्नुपरेको डेढ महिनामै त्यो ढंगको छटपटी कतै पनि राम्रो कुरा होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर