अख्तियारमा कपिलवस्तुका १० पालिकाका ५८ उजुरी, सबैभन्दा बढी यशोधराको – Nepal Press

अख्तियारमा कपिलवस्तुका १० पालिकाका ५८ उजुरी, सबैभन्दा बढी यशोधराको

रुपन्देही । कपिलवस्तुका १० पालिकामध्ये यशोधरा गाउँपालिकाको धेरै उजुरी अख्तियारमा परेको छ । अख्तियारका ५८ उजुरी परेकामध्ये यशोधराका मात्रै १२ वटा रहेका छन् भने कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिकाको एक एकवटा मात्रै उजुरी परेका छन् ।

गत आर्थिक वर्ष र यो आर्थिक वर्षको हालसम्मको यो उजुरी संख्या हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले यशोधराको १२ र शुद्धोधन गाउंपालिकाको तथा कपिलवस्तु नगरपालिकाको एक एक वटा मात्र उजुरी परेको जनाएको छ ।

त्यस्तै दोस्रो उजुरी पर्नेमा कृष्णनगर नगरपालिकाको ११ वटा परेको छ । त्यस्तै महाराजगंज नगरंपालिकाको ८ विजयनगर गाउंपालिकाको ७, बाणगंगा नगरपालिकाको ६ वटा उजुरी परेको छ । त्यस्तै बुद्धभूमि नगरपालिकाको र मायादेवी गाउँपालिकाको ५/५ वटा उजुरी परेको छ । शिवराज नगरपालिकाको २ वटा उजुरी परेको छ ।

स्थानीय तहमा विकास निर्माण र शिक्षा र स्वास्थ्यजस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताए । शुद्धोधन गाउँंपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले आफैबाट भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दै सबैले भष्टचार नियन्त्रण गरी शुसासन कायम गर्नुपर्ने बताए ।

स्थानीय तहमा भएका विकास निर्माण, शिक्षा र स्वास्थ्य सम्बन्धि कामका जनप्रतिनिधिको मनोमानी भएको र कर्मचारीले पनि पारदर्शीरुपमा काम नगरेको गुनासो स्थानीयको छ ।

उजुरी परेकामध्ये अधिकांश पालिका जिल्लाको दक्षिणी क्षेत्रका धेरै रहेका छन् । ती पालिकामा सीमित व्यक्तिहरु बसेर बजेट पार्ने, कागजी रुपमा उपभोक्ता समिति तयार पार्ने र भौतिक रुपमा कम काम हुने भन्दै पहिलेदेखि नै आलोचना हुँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर