पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्चको आदेश – Nepal Press

पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्चको आदेश

पोखरा । अभिनेता पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

शाहलाई नाबालिगमाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासीपूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

सो फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । जिल्ला अदालत तनहुँले भने शाहलाई सफाइ दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर